११) कविता - तिम्रा यादहरु
http://www.nepalipress.net/news_main_n.php?id=629
http://shilauti.wordpress.com/2009/05/02/%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%8b/
तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हराईदिए
तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सार्ईदिए।
तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ
मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ।
तिम्रा ती मधुर बोलीभित्र मैले आफनो जीवन सजाईदिए
तिम्रा दीवाश्वपनका कल्पनाभित्र मैले आफैलाई फिजाईदिए।
अव्यक्तताको सीमा नाघदा मैले तिमीलाई नै गुमाईदिए
तिम्रा यादहरु उर्लिएर आउँदा केवल गजलभित्र नै सजाईदिए।
१२) कविता - तिम्रा यादहरु । २
http://www.nepalipress.net/news_main_n.php?id=629
http://shilauti.wordpress.com/2009/05/02/%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%8b/
बर्षाको खहरे जस्तो मेरो सानो जीन्दगीमा
नदीको चाल जस्तै छलछल गर्दै आयौ।
उराठ र कहाली लाग्दो मेरो जीन्दगीमा
हरियाली नै हरियालीको बहार छाईदियौ।
मरु मरु लाग्ने मेरो सानो मस्तिष्कमा
श्रृजनाका फूलहरु जताततै फूलाईदियौ।
अत्यास लाग्दो मेरो जीन्दगीमा
हरियाली नै हरियालीको बहार छाईदियौ।
किन किन जीन्दगीमा तिम्रैमात्र याद आउँछ
विपनीमा भुल्न खोजे सपनीमा उठाईदिन्छ।
त्यसैले म भन्छु तिमी मेरी साधनाकी जननी हौ
मेरो अविरल जीन्दगीकी अविस्मरणिय मोड हौ।
१३) कविता - तिम्रा यादहरु । ३
http://www.nepalipress.net/news_main_n.php?id=636
http://www.shrijana.com/000/?p=3852
कति मीठो जीन्दगी, ती कति मीठा क्षणहरु
कति राम्रो अतित त्यो, कति मीठा यादहरु
कष्टकर जीन्दगीकी, सदाबहार ज्योती तिमी
व्यथै व्यथाहरु भित्रकी, अविरल यात्रा तिमी
तिमीलाई भुल्न खोजे, जीन्दगी नै भुले जस्तो लाग्छ
तिम्रा याद विनाका क्षणहरु, सबै व्यर्थ जस्तो हुन्छ ।
कहिले होला भेट हाम्रो, कहिले होला हाम्रो मिलन
कहिले होला हाम्ले साट्ने, जीन्दगीका मदहोश योवन ।
१४) कविता - तिम्रा यादहरु । ४
http://www.nepalipress.net/news_main_n.php?id=636
http://www.shrijana.com/000/?p=3852
हर प्रभातको सूर्योदयसंगै, तिम्रा यादहरु आईदिन्छन
तिम्रा यादहरुसंगै, नयाँ बिहानीका किरणहरु छाईदिन्छन ।
आँखा खोलेर हेर्दा, तिम्रै सुन्दर तस्विरहरु आईदिन्छन
आँखा चिम्लेर बस्दा, तिम्रै प्रतिबिम्बहरु छाईदिन्छन ।
मुख खोलेर बस्दा, तिम्रै गीतहरु गुन्जिदिन्छन
मुख बन्द गर्दा पनि, तिम्रै भाकाहरु उर्लिदिन्छन ।
कति मीठो गाउथ्यौ तिमी, कति राम्रो नाचथ्यौ
यादका पानाहरुमा पनि, लज्जायर किन भाग्छयौ ।
१५) कविता - कल्पनाभित्रको मीठो सपना
http://www.samakalinsahitya.com/index.php?show=detail&art_id=644
http://www.nepaljapan.com/read.php?section=literature&topic=headlines&id=13490
देशमा प्रजातन्त्र आएको छ रे
भोट हाल्न जाने हो की
गाँउको चौतारीमा बसेर
कान्छीसंग माया पो लाउने हो की ।
शहरमा रमाईलो छ रे
उतै पो भाग्ने हो की
माईलादाईसंग झोला बोकी
फेरी मुग्लान नै र्फकने पो हो की ।
लेकतिर रमाईलो छ रे
साँझमा रोधी पस्ने हो की
र्साईलीको भट्टिमा पसी
फेरी तुम्बा पो तान्ने हो की ।
ठूलाबाको हुक्का तानी
सर्को लाउँने हो की
कान्छी आमाको बारी पसी
काक्रा फस्री हो की ।
के गर्ने के नगर्ने
खुट्याउनै सकिएन
झल्याँस्स ब्युझदा प्रवासमा
मीठो सपना पत्याउनै सकिएन ।
१६) कविता - मरुभुमीका कुराहरु
http://www.binodkhadka.page.tl/Qatar-Writings.htm
http://www.kantipuronline.com/kolnepalinews.php?nid=155470
मरुभूमिका रापहरूले सेकि“दा
तातो हावा पनि प्यारो लाग्यो
खस्रो बालुवाभरि लट्पटि“दा
आफ्नै अनुहार पनि बिरानो भयो ।
धन कति कमाइएछ
साहुको ऋणलाई पनि कमै पर्यो
यथार्थलाई नियाल्दा
केवल दलालमात्रै मोटायो ।
निधारभरिको पसिना पुछ्दा
गाउ“को चौतारीको याद आयो
चौतारीको मीठो सम्झनास“गै
आफ्नै प्रियसीकोे मुहार छायो ।
जसले जे भने पनि यहा“
फलको त कुरै छाडौं
फुच्चे बोटको खजुरको
अविस्मरणीय याद रह्यो ।
१७) कविता - मरुभूमिमा आउने साथी
http://www.binodkhadka.page.tl/Qatar-Writings.htm
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=157084
बिझ्ने मनहरु छन् भने घरमै छोडेर आउ
अमूल्य मन कहिल्यै बुभmने छैन
दुख्ने चित्तहरु छन् भने उतै बिर्सर्ेेआउ
अमूल्य दिल कहिल्यै दुख्ने छैन ।
भक्कानो छुट्ने यादहरु मेर्टाई देउ“
विछोडका पीडाहरु फेरि बल्भिmने छैनन्
सपनाका संसारहरु भत्काइदेउ“
अभावका दुश्वपनहरु उर्लने छैनन् ।
कल्पनाहरुलाई बिदावारी गरी देउ
आवश्यकताका था“तीहरु देखिने छैनन्
आफैभित्र रमाउने प्रयास गर
त्यो भन्दा उत्तम तरिकाहरु छैनन् ।
र्स्वर्ग जस्तो आफ्नो ठाउ“
आफैलाई बिरानो हुन्छ
उही र्सर्ूयको मीठो किरण
यहा“ त तातो रापसरी हुन्छ ।
मरुभूमिका बालुवामा लटपटि“दै हा“स्नु छ
कुमालेको माटो भेटिन्न यहा“
लमतन्न समुद्रलाई नियाल्दै बा“च्नु छ
पहाडको झर्ना देखिन्न यहा“ ।
त्यसैले,
मरुभूमिमा आउने साथी
कल्पनाको र्स्वर्गमा होइन
यथार्थको संसारमा आऊ
कमाई त त्यस्तै हो-
जिन्दगीमा फेरि एउटा
नया“ पाठ सिकेर जाउ ।
१८) कविता - गरीव देशको म अमिर नेता
http://www.nepalipress.com/news_main_n.php?id=200
बर्षौ भयो राजनितिमा लागेको
बर्षौ बर्ष भयो सत्ता चाटेको
कहिले भित्र कहिले बाहिर
कहिले सदन कहिले सडक
कहिले पक्ष कहिले विपक्ष
कहिले मुलुक कहिले विदेश
राजनिति मलाई साह्ै फापेको
ल्ाोकल रक्सीले जस्तो लटठ पारेकोे
नैतिकताको कुरा असाध्यै आउँछ
कार्यकर्ताहरुले सिकाएको
राजनैतिक विश्लेषणको त कुरै छाडौ
आफैले हो बनाएको
व्यवस्थाहरु मात्रै फेरिएको हो
म फेरिएको छैन
टोपीहरुमात्र फेरिएको हो
टाउको फेरिएको छैन
व्यवस्थाहरु मात्रै फेरिएको हो
संस्कारहरु फेरिएका छैनन
कुराहरुमात्र फेरिएको हो
कामहरु फेरिएका छैनन
मैले लगाएको चश्माले
शहरको तेल अभाव देख्दैन
मेरो द्धष्टी शक्तिले
कर्णालीको अनिकाल पनि देख्दैन
मेरा कानहरु कमजोर छन
गरीवहरुको आवाज सुन्दैन
त्यसैले त मलाई
महंगी लाद्न लाज लाग्दैन
रोजगारीको अवसर बढ्यो भने
कार्यकर्ताको संख्या घट्ने छ
कार्यकर्ताको संख्या घट्यो भने
पार्टीको महत्व हट्ने छ
त्यसैले देश चलाउँनु छ
देशमा वेरोजगारी बढाउनु छ
अझै भन्छौ मेलम्ची ल्याउँछौ
अझै भन्छौ विजुली बाल्छौ
मेलम्ची नआए के भो त
प्यास नै त लाग्ने हो
विजुली नवले के भो त
लोडसेडिंग नै त हुने हो
चुनाव हामी गरिहाल्छौ
प्रजातन्त्रको नाटक गर्नुछ
चुनाव र प्रजातन्त्रको नाटकै मा त
विदेशी श्रृण हुल्नु छ
जनताले बोक्ने श्रृणको भारमा
आफ्नो भूडीको वजन बढाउँनु छ
जनतालाई दिनु छ आश्वासनको पोको
कार्यकर्तालाई खुवाउँनु छ कालो वोको
कसैको पुरा हुने छैन
सत्तावाट हामीलाई हटाउँने धोको
दिएसम्म यही पाटीवाट खान्छु
पाउँन छोडे दल वदल गर्छु
उस्तै परे छूटृै प्रदेश माग्छु
जनतालाई आन्दोलन झोसिदिन्छु
साम्प्रदायिक दंगा पनि मेरै हातमा
धर्म, भाषा, क्षेत्र बगलीमा छ
जे जे अश्त्र प्रयोग गर्नु पर्ला त्यही गर्छु
जसरी हुन्छ पासा फयाक्छु
सधै चौका आफैलाई पार्छु
महंगी बढदैछ
मैले पनि त्यो चाहेको होईन
अरुका श्रीमतीहरुजस्तै
मेरी श्रीमती पनि त बचेकी छैन
महंगीले टोक्दै छ
अभावले भूक्दै छ
आसेपासे कार्यकर्ताहरु माया गर्छन
बिचरा भ्रष्ट कर्मचारीहरु भागबण्डा गर्छन
काला व्यापारीहरु सहयोगको बदला गर्छन
त्यसैले मेरी श्रीमती
महंगी देखि डराउँन्न
अभावदेखि कहिल्यै थर्कन्न
आएको जती सबै थन्काउँछे
लेनदेनको हिसाब उही चलाउँछे
१९) कविता - लौन गणतन्त्र प्रभु
http://www.nepalipress.net/news_main_n.php?id=210
सुन्दर बगैचाको कल्पना गर्दा
काँढै काढाको झाँग मिलेछ
एउटा प्यास मेटाउने प्रयास गर्दा
थुप्रै काकाकुलहरुको क्रन्दन भेटिएछ
भोको पेटको उपचार खोज्दा
अनिकाल र अभावको ढेर मिलेछ
दिपावलीको आव्हान गर्दा
लोडसेडिंगको सूचना मिलेछ
बन्द र हडताल त सामान्य भयो
नेताहरुको घूर्की कायमै रह्यो
लौन गणतन्त्र प्रभु
अब त तीम्रैमात्र आश बाँकी रह्यो।
२३ जुलाई २००८
२०) कविता - यथार्थ
http://www.nepalipress.net/news_main_n.php?id=209
मृगतृष्णाले डस्यो मलाई देश मैले छाडे
अमूल्य यो जीन्दगी अर्कै देशलाई बाँडे।
सूख र सुबिधाको बखान जति गरे पनि
परदेश त परदेश नै हो जस्तै भए पनि।
माला लगाई एयरपोर्ट पुग्दा भाग्यमानी ठाने
विदेशमा भौतारिदा आफैलाई धन्य माने।
ढिडो र गुन्द्रुक सबै पराई भए
डाँडा पाखा देउँराली सम्झनामै रहे।
मेशिन भयो जीन्दगी चल्नै मात्र पर्ने
काम विनाको माम सोच्नै नसकिने।
फुर्सदको समयमा घर सम्भि्क ल्याउँदा
दील मेरो चसक्क भो गाउँ घर सम्भि्कदा।
लौन काका लौन मामा मलाई बोलाईदेउ
त्यही देशमा दूख गर्छु मलाई सम्झाईदेउ।