Binod Khadka, MPA, MTM
Binod Khadka, MPA, MA (Tourism Management) - My Tourism Related Articles

पर्यटन बर्ष हाम्रा कमजोरीहरु सिर्षकमा कान्तिपुर कतार संस्करणमा प्रकासित बर्ष अंक २०६५ फागुन १२ फेबु्रअरी २००९ पृष्ठ

३१ जनवरी २००९
बिनोद खड्का
हालदोहा, कतार


समसामयिक लेख

नेपाल पर्यटन बर्ष
२०११


मान्छे एक गतिसिल प्राणी भएका कारणले गर्दा नैयात्राभन्ने शव्द मान्छे जातीको लागी सामान्य दिनचर्याको बिषय जस्तै भएको मान्न सकिन्छ सभ्यताका सुरुआतदेखि नै मान्छेका विकास क्रममा यात्रा यात्रा वृतान्त टाँसिएर आएको प्रष्ट देखिन्छ यात्राकै क्रममा भुगोलका नयाँ कुनाहरु भॆटिएको समेत देखिन्छ मान्छेहरुका यही यात्रा प्रवृत्तीले गर्दा नै पर्यटन क्षेत्रको विकास मानवसभ्यताको शुरुवातदेखि नै भएको हो भन्दा अत्युक्ति नहोला फरक यति हो कि आजका दिनसम्म आईपुग्दा कतिपय देशहरुले आआफ्ना देशहरुलाई पर्यटकिय हिसाबले एकपर्फेक्ट डेस्टिनेशनका रुपमा परिचित गराई पर्यटन क्षेत्रलाई नै आफ्नो देशको आर्थिक तथा सामाजिक विकासको मेरुदण्डका रुपमा रुपान्तरण गर्न सफल भए तर पनि कतिपय देशहरुमा पर्यटन क्षेत्र आज पनि मुठृीभर व्यावसायीहरुको सम्वृद्धिको थलो, राजनैतिक पार्टी तथा नेताहरुको आफ्नाहरुका लागी भर्ती केन्द्र, र जागीरेहरुका लागी एउटा सामान्य जागीरे क्षेत्रभन्दा माथि नउठेको स्वभाविक रुपमा महशुस गर्न सकिन्छ हाम्रो मुलुकको पर्यटन क्षेत्रलाई पछिल्लो स्थितीले प्रष्ट चित्रण गर्छ भन्ने मलाई लाग्छ

राष्ट्र्ले सन २०११ लाईनेपाल पर्यटन बर्ष २०११को रुपमा मनाउन लागेको कुरा सुन्न पाउनु स्वदेश तथा प्रवासमा रहेका सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरुका लागी निश्चय पनि गौरवको कुरा हो तर हेर्नु पर्ने कुरा चाही के हो भने राष्ट्र्का जिम्मेवार निकाय तथा पर्यटन क्षेत्रका अगुवाहरुले यस महान प्रतिबद्धतालाई कसरी अगाडी बढाउनेछन यसका उपलव्धीहरुको मापनका आधारहरु कसरी तय गर्नेछन पर्यटक आगमन संख्याको वृद्धिको गणितिय तथ्यांकलाईमात्रै कार्यक्रमको लक्ष बनाईयो भने यो कार्यक्रमलाई पनि पुरानै कार्यक्रमहरुको प्रतिलिपीको संज्ञा दिन सकिन्छ देशमा शान्ति भयो भन्ने खवर विश्वसामु पुर्याउन सकियो भनेपनि स्वभाविक रुपमा पर्यटकवृद्धिको गणितिय तथ्यांक हासिल गर्न सकिन्छ तसर्थ राष्ट्रले आयोजना गर्न गईरहेकोनेपाल पर्यटन बर्ष २०११केवल पर्यटकवृद्धिको लक्षमा मात्र सिमित नरही यसका अतिरिक्त क्षेत्रगत रुपमा नै यसका लक्षहरु किटान गरी कार्यक्रमको अन्त्यमा सबै क्षेत्रगत लक्षहरुको उपलव्धी मूल्यांकन गरियो भने राष्ट्र्का लागी भविष्यमा समेत यो यस्ता कार्यक्रमहरुका महत्व राष्ट्र्ले यस्ता कार्यक्रमहरुमा गर्ने खर्चको तात्विक महत्व रहनेछ नत्रभने यो पनि फेरी एकपटक यस क्षेत्रका नाईके व्यक्ति तथा संस्थाहरुको देश विदेश घुम्ने व्यक्तिगत गोजी भर्ने खेलमा नै सिमित नरहला भन्न सकिन्न


देशमा पर्यटन क्षेत्रसंग सम्बन्धित पण्डित, विद्धान, ज्योतिष तथा अनुभवी सफल व्यावसायीहरुको अभाव नभएको बर्षौदेखि देश विकासका योजनाहरुका खात तयार गरिसकेका कथित सफल राजनैतिक नेता तथा योजनाकारहरुका घुइचो नै लागिसकेको भएता पनि सामान्य नागरिकहरुको सुझाव पनि लिई अगाडी बढ्नु उपयुक्त नै होला एकपटक यस क्षेत्रका अगुवाहरुलेनेपाल पर्यटन बर्ष २०११को आयोजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष फाईदा पुग्ने पुराउन सकिने क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रहरुको स्थलगत अध्ययन गरी कार्यक्रम तथा आयोजनाहरु तयार गर्दा उपयुक्त हुने देखिन्छ कार्यक्रम तयार गर्दाका समयमा नै यसका उपलव्धिमापनका आधारहरु समेत तयार गरे भविष्यमा यसको उपलव्धि मापन गर्न गार्हो नपर्ला


गाँउ नै गाँउले भरिएको हाम्रो देश गाँउदेखि नै आर्थिक तथा सामाजिक विकासको लहर चलाउनु पर्ने आवस्यकता भएको आजको सन्दर्भमा यस कार्यक्रममा ग्रामिण पर्यटनतर्फ ध्यान दिन सकियो भने निश्चय पनि यो एक उल्लेखनिय कदम बन्न सक्नेछ ग्रामिण पर्यटनको सम्भाव्यतालाई अध्ययन गर्ने हो भने हामी स्यांगजा जिल्लाको सिरुवारी गाँउ तथा यहाँका जनताहरुको लगनसिलतालाई लिन सक्छौ जहाँ स्थानिय जनताका आफ्नै सक्रियतामा उनिहरुले आफ्नो गाँउलाई पर्यटकिय गाँउ बनाउन सफलता पाएको स्वभाविक रुपमा महशुस गर्न सकिन्छ सायद यो उदाहरण आँउदोनेपाल पर्यटन बर्ष २०११मा अन्य क्षेत्रमा बाड्न सकिन्छ होला कार्यक्रमको सानो सहयोग तथा उपयुक्त कदम त्यस क्षेत्र तथा त्यहाका वासिन्दाको विकासको लागी महत्वपूर्ण साबित हुन सक्छ यस्ता कुरा तथा कार्यक्रमहरुले हाम्रो जस्तो गाँउ नै गाँउले भरिएको देशमा गाँउको विकास तथा आर्थिक रुपान्तरणमा नै सहयोगी भै विकासको क्षेत्रिय सन्तुलन कायम गर्न समेत सहयोगी हुनेछ यद्यपि यी सबै कुराहरुको लक्ष तथा उपलव्धिहरुको आवधिक मूल्यांकन हुनु नितान्त जरुरी

त्यसैगरीनेपाल पर्यटन बर्ष २०११को सफलताको लागी राष्ट्र्का सबै अंगहरु परिचालित हुनु यो कार्यक्रमको सफलताको लागी न्युनतम आवश्यकता हो आज टडकारो रुपमा देखिएका विभिन्न समस्याहरु जस्तै लोड्सेडिङ, अव्यवस्थित फोहोरहरुको थुप्रो, सडकहरुमा देखिई रहने अनुशासनहिन चक्काजामहरु, राजनैतिक पार्टीहरु तथा तीनका भातृ संस्थाहरुका नाममा गरिने गैरजिम्मेवार विरोध कार्यक्रमहरुलाई उपयुक्त तवरले समयमा नै ठेगान लगाउन नसक्ने हो भने यो कार्यक्रमले कुनै उपलव्धि हासिल गर्ला भनेर सोच्नु दिवास्वपनमात्रै हुनेछ एक पटक फेरी सबैले आआफना स्वार्थहरुलाई बिर्सेंर यो महान अभियानलाई सफलताको दिशातिर डोर्याउने हो भने यो कार्यकमले सबै नेपालीहरुको भलो गर्न सक्ला भन्ने यो पंक्तिकारको धारणा
khadkabinod02@yahoo.com

 

 

Today, there have been 3 visitors (6 hits) on this page!
I am Binod Khadka from a beautiful small village located in Bhaktapur district of Himalayan Kingdom Nepal. Scholling - Bode Middle School, Shree Changu Narayan Madhyamik Bidhyalaya and Adarsh Vocational Secondary School in Sanothimi. My undergraduate study is completed with Bhaktapur Multiple college in Bhaktapur district of Nepal. Graduate study has been completed at Ratna Rajya Laxmi College, and Public Administration Campus in Kathmandu, Nepal, and passed Master in Public Administration (MPA) from Tribhuvan University (First Division), and Master of Arts (Tourism Management) from Indira Gandhi National Open University (IGNOU) (First Division) . Further, I completed 1 semester (out of 3 semester) study of Master in Philisophy (M Phil-Education) with Kathmandu University before i shiefted my work station to Doha in State of Qatar. Travelled to Bangladesh, Bahrain, Egypt, France, Germany, Hong Kong, India, Italy, Malaysia, Philippines, Qatar, Singapore, Thailand, United Arab Emirates, United States of America, South Africa, Switzerland & United Kingdom. My Working life - My working life has been started at B.S. 2040 with Department Of Mines and Geology where I work for 2.5years . I worked for about 19 years with Nepal Airlines Corporation (the then RNAC). Now I am working with an international airlines in Doha, State of Qatar from last 6+ years. I attended several national and international valuable training courses in my own country and abroad related to airlines (Fares and Ticketing, Passenger Proration, Revenue Accounting, Payment Card Industry, Fraud Prevention, GDS and many more.... I also worked as part time Lecturer for Nepal College of Travel and Tourism Management (NCTTM), Nepal Academy of Tourism and Hotel Management (NATHM) for BTTM course, and for Classic Academy and Rehdon College for plus 2 students. Besides this, I conducted several short and long term training courses in Airlines Passenger Fares and Ticketing courses in private and govermmental institutions in different part of Nepal as Resource Person. Further, I assisted for designing curriculum for Bachelor in Travel and Tourism Management (BTTM) programme of Tribhuvan University, and Travel and Tourism subject for 10 + 2 programme of Higher Secondary Education Board (HSEB) of Nepal. Working as an Examiner is also a part of my working life in academic field. This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free