Binod Khadka, MPA, MTM
Binod Khadka, MPA, MA (Tourism Management) - मेरा लघुकथाहरु

मेरा लघुकथाहरु

१) लघु कथा - समवेदना

http://www.nepalipress.net/news_main_n.php?id=450

http://www.samakalinsahitya.com/?show=detail&art_id=1003

http://www.majheri.com/?q=node/1692

 

बाहिर एकनासले पानी परिरहेको थियो बाउलाई अस्पतालमा भर्ना गरेर निक्लेको थियो अस्पतालले तुरुन्तै अप्रेशन गर्नु पर्छ भनेको उसको बाउ एउटा सामान्य जागिरे हुन जागिरे बाउको भविष्यको संरक्षक तर हाललाई देशका थुप्रै अरु युवाहरु जस्तै एउटा शिक्षित बेरोजगार

छोरो पानीले चुटिएर आएको थियो बुढी आमा छोराको मुखबाट लोग्नेको शुभ समाचारको प्रतिक्षामा उसकै छेउ उभिएकी छिन छोराको चेहराले छोरासंग राम्रो समाचार छैन भन्ने अडकल तिनले गरिसकेकि थिईन तैपनि समस्या के हो जान्ने तीनको चाहना उसले कपडा फेर्यो आमाले खाना तयार भएको बताईन खाना के रुच्थयो तैपनि उसले खाएजस्तो गर्यो आमाको मन चसक्क गर्यो छोराको हाल देखेर खाना खाएपछि उसले बाउको अप्रेशन गर्नुपर्ने त्यसको लागी निकै ठूलो रकम जुटाउनु पर्ने बतायो आमालाई पीर नगर्न पनि सुझाव दियो उसले उसका बाबुका साथीहरुबाट श्रृणका रुपमा चाहिएको पैशा जुट्न सक्ने पनि बतायो

आमाले भनिन "ठूला घरे काजी उहाँको असाध्य मिल्ने साथी हुन असाध्यै माया पनि गर्थे " उसले पनि सम्झयो पुराना दिन साच्चै ठूला घरे काजी उसका बाउ नभए विदेशी ह्वीस्की पिएको मज्जा नै आउदैन भन्थे उसले अड्कल काट्यो बाउको मुटु रोगका कारण कतै त्यही विदेशी ह्वीस्की होईन उसलाई रात कटाउन सजिलो भएन निन्द्रा आउने सवाल नै थिएन यसैको फाईदा उठाएर उसले भोली बिहान बाउको को को साथीहरुको मा श्रृण सहयोग माग्न जाने पुरा योजना बनायो

बिहानी भयो एक कप चिया पनि नपिई मूख्य काममा निक्ली हाल्यो पहिले ठूला घरे काजीको घरतिर नै लाग्यो काजीलाई परैबाट उनको झयालको कुनामा देखेपछि ढुक्क भयो ढोकामा पुग्ने बित्तिकै कजिनीले भनिन "बुबालाई कस्तो बाबु कस्तो सिधा मान्छेलाई कत्रो ठूलो रोग लागेछ हत्तेरी काजी भेट्न जान पाईन भनेर खिन्न हुँदै हुनुहुन्थयो तर के गर्नु बिहानै जरुरी कामले पोखरा जानु पर्यो उहालाई "

आधा दिन ढल्कदा अस्पतालतिर लाग्दा उसको बगलीमा हिजो आमाले दिएको चार सयभन्दा बढी एक पैशा पनि थिएन
************************************************************
बाह् दिनको काम सकेर छेउमै घाम तापेर बसिरहेको थियो काकाको छोराले हातमा एउटा पत्रिका हल्लाउदै आयो भन्यो "ठूलाबाका साथी कती कती पत्रिकाको एउटा पुरै पाना समवेदना नै समवेदनाले भरिएको दाई हेर्नुस "

 

२) लघुकथा - बुढेशकालको सहारा
http://www.nepalipress.net/news_main_n.php?id=472

http://www.shrijana.com/000/?p=3061


समयको एउटा पाटो
“ओहो दाई ! कतातिर लागेको हो नि ?”
“त्यो टारखेतमा पानी के भनेर हेर्न जान लागेको हो नी भोली रोपाई उसले जवाफ दियॊ
“अनि काँधमा बोकेको छोरो होईन ?”
“हो नि बुढेशकालको सहारा उसको जवाफमा खुसी झल्केको थियो
बाउको काँधमा बसेको सानो छोराले के बुझ्यो के बुझेन तर फिस्स हास्यो


समयको अर्को पाटो
“ओहो दाई ! एक्लै कतातिर लागेको हो नि ?”
“त्यो टारखेतमा पानी के भनेर हेर्न जान लागेको हो नी भोली रोपाई उसले जवाफ दियॊ
“अनि दाई छोराछोरीको हालखबर के नि ?उसले फेरी सोध्यो
“ए छोरो अम्रिकामा नै परिवार पनि उतै लगेको सबैजना उतैछन हाम्लाई फोन आईरन्छ पैशा पनि पठाउछ कहिलेकाही आफ्नै मोटर गाडी पनि रे मोटर गाडीको फोटो पनि पठाएको थियो अब घर किन्ने रे छोरीलाई पहिले नै ज्वाईले असटेरलिया लगिसके उतै पढ्ने पनि पैसा पनि कमाउने रे भन्थी उसले संक्षिप्त उत्तर दियो उसको जवाफमा खुसी झल्केको थियो
“ल दाई तपाईका बुढेसकालका सहारा बलिया हुँदै रहेछन उसले प्रतिकृया दियो
“त्यसै भन्नुपर्यो उसले मुसुक्क हाँसेर स्विकार गर्यो


समयको झन अर्को पाटो
“ओहो दाई ! यति साँझमा हतार हतार एक्लै कतातिर लागेको हो नि ?
“अस्पताल जान लागेकोउसले जवाफ दियॊ

“किन कसलाई के भो ?”
“बुढीलाई अस्पतालमा भर्ना गरेको उसैलाई अस्पतालमा कुर्न जान लागेको टारखेतको रोपाई सक्दा साँझ भैहाल्यो उता बुढी आत्तिई सकिई होली बुढो आएन भनेर उसले जवाफ दियॊ
“छोराछोरी आएनन दाई ?
यो प्रश्न जीवनमा एउटा कठोर प्रश्न झै भएको थियो उसलाई तैपनि उसले जवाफ दियोउती टाढा छन भन्ने बित्तिकै कसरी आउन सक्लान बुढोको जवाफमा यसपाली खुसी झल्केन

 

३) लघुकथा - राईटरबाकी छोरीको अगुल्टो

http://www.kantipuronline.com/kolnepalinews.php?nid=181262

परदेशको मध्यरात कोठाका सबै कुनामा सबैजना मस्त निन्द्रामा थिए ओल्लो पल्लो खटियामा सुत्नेहरूले ओल्टे कोल्टे फेर्दा आउने कर्याक कुरुक्कको आवाजले कोठाको शान्तिलाई निमोठी रहेको थियो उसलाई भने पटक्कै निन्द्रा परेको थिएन निदाउने प्रयास गर्दा गर्दै कहिले

पाखाबारीमा पुग्थ्यो कहिले घरकै आँगनीमा सानी वर्षे छोरीसँग खेल्न पुग्थ्यो जब एउटै भएको टारी खेत सम्झन्थ्यो नराम्ररी झस्कन्थ्यो धान खाने एउटै खेत बन्धकीमा राखेर माथ्ला गााउँको तोपेको लहैलहैमा लागेर उसैलाई ९० हजार खनखनी गनेर परदेश आएको थियो पाँच महिना भएछ परदेश भासिएको

अहिलेसम्म जमाजम्मी बीस हजार घरमा पठाएछ उसले साथीभाई भन्दै थिए छुपेरुस्तम रहेछ केटो कति चाँडो घरमा पैसा पठाइसकेछ यताउता फुर्मास खर्च नगरे खाइपिई महिनाको चारदेखि पाच हजारसम्म बाँच्दो

रहेछ यत्तिको बचतले आएको ऋण तिर्न करिबन बाइस महिना लाग्दो रहेछ उसले खुइया काड्यो तोपे भन्थ्यो ठ्याक्कै वर्षर्ेे भिसा विदेश भनेको झिलिमिली

होला, मीठा मीठा खानेकुरा मिल्ला, राम्रा राम्रा कुरा देख्न पाइएला बडेमाको जहाज पनि चड्न पाइने पैसा पनि कमाउन पाइने अहा कल्पनाको लहर जहाज चढ्दासम्म उर्लिरहेको थियो जब जहाजबाट बाहिर निक्ल्यो मरुभूमिको तातो हावाको झोर्काले उसको कल्पनाको महललाई तितरबितर बनायो त्यतिखेर नै उसले नमिठो लोप्पा खाएको महसुस गरेको थियो उसले पुराना क्षणहरू एकपटक सरसर्ती सम्भmयो आफ्नो गाउँ नै पो रहेछ सबैभन्दा रसिलो गाउँ सम्झने बित्तिकै छोरी सम्भmयो छोरी सम्झने बित्तिकै छोरीले फोनमा 'दूध दिने भैंसी कहिले ल्याउने बा' भनेको सम्भिmयो फेरि अर्को लोप्पा खाएको महसुस गर्‍यो ' बूढा पात्तिने होइन नि विदेश गएँ भन्दैमा उतैको केटीसँग उतै घरजम गरेर बसौंला भन्ने चाहिँ सोच्ने होइन नि पनि राइटरबाकी कान्छी छोरी हुँ अगुल्टो लिएर तीँ नै आइपुग्छु नि लोग्नेसोग्ने भन्दिनँ अगुल्टो मुखैमा कोचिदिन्छु ' उसकी धर्मत्नीले अगुल्टो झन्डै मुखैमा के लेराएकी थिई झसंगै भएर ब्युँझियो बल्ल बल्ल के निन्द्रा लाग्नै आँटेको थियो कहाँबाट अगुल्टो लिएर आइछ थुक्क बर्बरायो बिहानको काममा हिँड्ने बेला हुन लागिसकेको थियो

 

 

४) लघुकथा - परम्परा

http://www.nepalipress.net/news_main_n.php?id=478

http://www.samakalinsahitya.com/?show=detail&art_id=1036

http://www.majheri.com/?q=node/1691

 

आज हाकिम दिक्क थियो। तैपनि घर छिर्ने बित्तिकै उसले श्रीमतीलाई एक पेग स्कच ह्विस्की सुकुटीको सित्तन तयार गर्ने अर्डर गर्यो। श्रीमतीले पनि तुरुन्तै तयार गरीदिई। तर उसकी श्रीमतीलाई अचम्म लाग्यो किन कि आज हाकिम दिक्क थियो पहिलोपल्ट घर आउने बित्तिकै रक्सी पिउन चाहेको थियो। कुरालाई मनमा गुम्साउनु उपयुक्त नहुने ठानेर उसले सोधी हाली। हाकिम पनि आफ्नी श्रीमतीलाई कुनै कुरा लुकाउदैन।

कुरा के रहेछ भन्दा उसको अफिसमा एक पद बढुवाको लागी खुलेको रहेछ। तर बढुवा गर्नुपर्ने लिष्टमा जनाको लागी दवाव आएको रहेछ। एउटाको लागी सत्ताधारी पार्टीको मूख्य नेताको ज्वाईको तर्फवाट, दोश्रोको लागी एउटा प्रभावशाली मन्त्रीको सालोको तर्फवाट, तेश्रोको लागी विपक्षी दलको नेताको तर्फवाट सिधै, चौथोको लागी तालुकवाला मन्त्रालयको सचिवको तर्फवाट, पाँचौको लागी सत्ताधारी राजनैतिक पार्टीमूखी कर्मचारी युनियनको नेताको तर्फवाट। पाँचै ठाँउवाट यसरी दवाव आएछ कि उनीहरुको काम नभए हाकिमको बाहिर जिल्लामा सरुवा वा सिधै खोसुवा पनि हुन सक्ने चेतावनी आएको रहेछ। सबै कुरा सुनिसकेपछि श्रीमतीलाई हाकिमप्रति माया लाग्यो उसले अरु पेग पनि थपिदिई अनि सान्त्वना दिदै भनि ईमान्दार मान्छेलाई काम गर्न साह्रो गाह्रो

यत्तिकैमा फोन आयो। फोन हाकिमले नै उठायो। फोनमा कुरा गर्दा गर्दै हाकिमको भर्खरै पिएको रक्सीको नसा स्वाट्ठै हरायो। हाकिमले फोन राख्ने बित्तिकै पसिना पुछ्यो। श्रीमतीको जिज्ञासा मेटाउदै भन्यो त्यही चण्डाल जडयाहा नेता। उसको मान्छे जसरी भएपनि बढुवा हुनुपर्छ रे नत्र मेरो बढुवालाई नै घटुवा गरेर दुर्गममा सरुवा गरिदिन्छु पो भन्छ।

यतिखेर भने श्रीमतीचाहीलाई नराम्ररी रीस उठ्यो। उसले रीसको झोकमा सत्तो सराप गरी। त्यो बजियाले हजुरलाई एकपटक प्रमोशन हुन सहयोग गर्यो भन्दैमा जीन्दगीभर त्यसकै गुलाम बन्नु पर्ने यो कस्तो बिडम्बना। प्रमोशन पनि त्यसै भा को होईन बजियाले त्यत्रो पैशा पनि लिएको थियो। दशैको बेला भनेर दूईवटा घोर्ले खसी पनि उसैले खाएको थियो। अरुले लेराएको माछा, चामल, रक्सीका बाकस पनि उसैलाई चढाउनु परेको थियो।
हाकिमले निधार खुमच्यायो।


५) लघुकथा - तोपकाजी

http://www.nepalipress.net/news_main_n.php?id=484

http://www.khasskhass.com/topkaji.htm

http://www.shrijana.com/000/?p=3190

http://www.majheri.com/?q=node/1690

उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुँदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउँदैनथे उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि कसैले सुन्दा पनि सुन्दैन थिए राम्रै कामका लागि उधारो वा ऋण मागे पनि मान्छेहरु उसलाई ठग भन्दा हुन जस्तो लाग्थ्यो उसलाई बाउले दिएको स्कुल फि गाउलेको कुखुरा हाँस चोरेर जम्मा गरेको पैसाले जसोतसो अलिअलि पिउन अलिअलि खेल्नलाई धान्थ्यो

अब समय त्यस्तो रहेन अब उसको आफ्नै ठूलै कम्पाउण्डभित्र विशाल घर खडा आफ्ना आगन्तुकका गरी दई चारवटा गाडी कम्पाउण्डमा खडा नै रहन्छन् अब लोकल ठर्रा पनि पिउँदैन मात्र विदेशी ह्विस्कीमा बनेलको मासुको सित्तन लगाउँछ नेताहरुको खर्च चलाइदिनु व्यापारीहरुलाई ऋण बाँड्नु उसको सामान्य दिनचर्या हो यसपछि घरजग्गाको ओल्टाईपल्टाईको व्यापार छँदैछ आखिर यही घरजग्गाको ओल्टाईपल्टाईले उसलाई यति सम्पन्न बनाईदियो आज उसलाई लाग्छ पूरा टोल उसको अगाडि झुकेको आज पूरा टोलको मालिक भएको उसलाई लाग्छ जब उसको गाडी टोल भएर अगाडि बढ्छ तब बुढाबुढीहरु सोच्दा हुन छोरो भनेको यस्तो तोपकाजी जस्तो पैसावाल पो हुनु, आईमाईहरु सोच्दा हुन पोई भनेको यस्तो तोपकाजी जस्तो पैसावाल पो हुनु, केटाकेटीहरु सोच्दा हुन बाउ भनेको यस्तो तोपकाजी जस्तो पैसावाल पो हुनु

एकदिन यस्तै के के सोंचेर घरको कौशीमा बसिरहेको थियो एकजना तलतिरबाट आउँदै गरेको मान्छे उसको कम्पाउण्ड बाहिर खेलीरहेको आठ नौ वर्षजतिको उसको छोरोसंग के के कुरा गरेर गर्यो त्यो मान्छेले उसको विशालकाय घरलाई पटक पटक हेरेकोमा उसलाई भित्रभित्रै रमाईलो महशुस भयो उसलाई त्यो मान्छे कतै चिने झैं पनि लाग्यो त्यत्तिकैमा उसको सानो छोराले दौड्दै आएर भन्योडयाडी ! त्यो मान्छेले भन्यो यो घर त्यही तोपे दलालको होईन बजियाले बाटाको छेउको जग्गा देखाएर भित्रको पारिदियो यो दलाल भनेको के हो डयाडी ? अस्ति पनि तपाईं मोटरमा जाँदा टोलका मान्छेहरुले तोपे दलाल गयो तोपे दलाल गयो भने डयाडीको नाम दलाल हो ? जो मान्छे पनि तपाईंलाई तोपे दलाल मात्रै भन्छन डयाडीको नाम ममीले भन्नेजस्तै तोपकाजी होइन ?”
उसले टोल छाड्ने विचार गर्यो

 

६)  लघु कथापातलीको रहर

http://www.nepalipress.net/news_main_n.php?id=599

http://shilauti.wordpress.com/2009/04/21/%e0%a4%b2%e0%a4%98%e0%a5%81-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%b9%e0%a4%b0-%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%8b/

अप्रील २०, २००९
 

पातलीले आफ्नो खसमसंग जसै फोनमा कुरो के टुंग्याएर गाँउ फर्केर्की थिई गाँउमा   हल्ला यसरी फैलियो जसरी तालमा ढुंगा हान्दा तरंगहरु चारैतिर फैलिन्छन। लेकदेखि बेसीसम्म, गाँउदेखि वनसम्म, चौतारीदेखि पधेरोसम्म एउटै कुरो। कुरो के भन्दा पातलीको पोई काजिमान अरबमा अध्यक्ष भयो रे। गाँउमा काजिमानको चर्चासंगै प्रसंशा चल्न थाल्यो। बुढाहरुले भने यो गाँउमा दूईटा केटाहरुले गजबको प्रगती गरे। एक थियो खत्रीकान्छाको छोरो हर्क बहादुर जो गाँउमा भैसी चोरीको आरोप लागेपनि शहरमा गएपछि सुधि्रएपछि मन्त्रि भएको थियो। मन्त्रि भएपछि भलै गाँउमा नफर्केपनि गाँउको हालत उस्तै भएता पनि कम्तिमा यो गाँउका मान्छेहरुले हाम्रो गाँउको मान्छे मन्त्रि भन्न पाएका छन भन्ने सवालमा तर्क वितर्क गर्दै नयाँ केटाहरुसंगै बुढाहरु चौतारीमा फुर्सद काट्थे। अब काजिमानको प्रगती चौतारीमा चर्चाको  थप सवाल भएको थियो।   
 
यता पातली भने फुरुंग थिई। नहोस पनि कसरी, उसका बाउले आफ्नो वडाको सदस्य चुनाव लड्दा जति पटक पनि लडेका लडै भएका थिए, कहिल्यै जीत्न सकेका थिएनन। उनै बाउलाई तिम्रा ज्वाई विदेशमा अध्यक्ष भए भन्दा कति खुसी होलान, उसले मनमनै गमी। पोईले फोनमा गरेका अरु कुराहरु सम्झदै जाँदा अझै रोमान्चित हुन्थी। उसको पोईले भन्थयो असाध्यै व्यस्त रे। शुक्रवारको एकदिन छुटृी पनि यता बैठक उता बैठक भनेर फुर्सदै पाईदैन। कामैकामको चापाचाप छ। मुस्कुराई। ठूलेकान्छोले जावो वडाको सदस्य हुँदा पँधेरो बनाउन भनेर ल्याएको पैसा स्वाटठै हजम गर्यो भन्थे गाउँलेहरु, हाम्रा उनी अध्यक्ष भएका छन त्यसमाथि पनि घर बनाउने काममा गाको भन्थे पैसा मज्जैसंग लेराउने भए। पातलीको एउटै रहर फेरी उसले सम्झी बयर डाँडाको तल्लो भनज्यांगमा भात होटेल लगाउने। फेरी एक्लै मुस्कुराई। हुन पनि त्यो भनज्यांग माथीदेखि तलसम्मकाहरुका लागी असाध्यैको चल्तीमा छ। यसै आधारमा भात होटेलले राम्रो व्यापार गर्ने पातलीको दृढ अनुमान थियो। 
 
गाँउका आंसिक बेरोजगार ठीटाहरु साँझसम्म पनि भनज्यांगको टेलिफोन पसलमा काजिमानसंग विदेस जाने रहर पोखिरहेका देखिन्थे। त्यो दिन एउटै कुरा परपरसम्म पनि सुनिईरहेको थियो।
 
लाक्रेफेदी प्रवासी संघका अध्यक्ष काजिमान दाई हुनहुन्छ ?

 

 

 

Today, there have been 1 visitors (3 hits) on this page!
I am Binod Khadka from a beautiful small village located in Bhaktapur district of Himalayan Kingdom Nepal. Scholling - Bode Middle School, Shree Changu Narayan Madhyamik Bidhyalaya and Adarsh Vocational Secondary School in Sanothimi. My undergraduate study is completed with Bhaktapur Multiple college in Bhaktapur district of Nepal. Graduate study has been completed at Ratna Rajya Laxmi College, and Public Administration Campus in Kathmandu, Nepal, and passed Master in Public Administration (MPA) from Tribhuvan University (First Division), and Master of Arts (Tourism Management) from Indira Gandhi National Open University (IGNOU) (First Division) . Further, I completed 1 semester (out of 3 semester) study of Master in Philisophy (M Phil-Education) with Kathmandu University before i shiefted my work station to Doha in State of Qatar. Travelled to Bangladesh, Bahrain, Egypt, France, Germany, Hong Kong, India, Italy, Malaysia, Philippines, Qatar, Singapore, Thailand, United Arab Emirates, United States of America, South Africa, Switzerland & United Kingdom. My Working life - My working life has been started at B.S. 2040 with Department Of Mines and Geology where I work for 2.5years . I worked for about 19 years with Nepal Airlines Corporation (the then RNAC). Now I am working with an international airlines in Doha, State of Qatar from last 6+ years. I attended several national and international valuable training courses in my own country and abroad related to airlines (Fares and Ticketing, Passenger Proration, Revenue Accounting, Payment Card Industry, Fraud Prevention, GDS and many more.... I also worked as part time Lecturer for Nepal College of Travel and Tourism Management (NCTTM), Nepal Academy of Tourism and Hotel Management (NATHM) for BTTM course, and for Classic Academy and Rehdon College for plus 2 students. Besides this, I conducted several short and long term training courses in Airlines Passenger Fares and Ticketing courses in private and govermmental institutions in different part of Nepal as Resource Person. Further, I assisted for designing curriculum for Bachelor in Travel and Tourism Management (BTTM) programme of Tribhuvan University, and Travel and Tourism subject for 10 + 2 programme of Higher Secondary Education Board (HSEB) of Nepal. Working as an Examiner is also a part of my working life in academic field. This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free